#राजनीति #समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ९ दिनदेखि अस्पतालमा

काठमाण्डाै – क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण बिरामी परेपछि नौ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा भर्ना हुनुभएका वैद्यको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ । अहिले पनि आईसीयूमै उपचार भइरहेको छ ।

वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाण्डाै फर्किने क्रममा महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर भएकोमा जेठ १८ गते अस्पतालको आइसीयूमै भर्ना हुनुभएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *