#कला/मनोरञ्जन #समाचार #समाज

बिर्तामोडमा एक दिने साहित्य लेखन तालिम सम्पन्न

बिर्तामोड । भरत प्रसाई, मिडिया रिसर्च सेन्टर र विरता रिडर्सको संयुक्त आयोजनामा एक दिने साहित्य लेखन तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

तालिममा साहित्य लेखनका विभिन्न आयाम, शैली र प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षक लेखक रमेश सायनले सहभागीहरूलाई साहित्यिक लेखनका विधि, भाषा प्रयोग र लेखन कौशलका विषयमा जानकारी गराउनुका साथै लेखनमा आवश्यक तार्किकता र सिर्जनशीलताको महत्वबारे चर्चा गर्नुभएको थियो ।

उहाँले आफ्नो रूचीको बिषय बैलैमा पत्ता लगाउन सकियो भने मात्र सफलता हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले लेख्ने र कलम चलाउने सबैलाई हौसला प्रदान गर्दै विश्लेष्णात्मक क्षमतालाई बढाउन प्ररित गर्नुभयो ।

कार्यक्रममा गोपिकृष्ण स्मृति प्रतिष्ठान, झापाली साहित्य  समाज र साहित्य पत्रकार मञ्च र इशा बुक्सको संयोजन रहेको थियो ।तालिममा सहभागी विद्यार्थीहरूले आफुले लेखेका गजल तथा कविताहरू प्रस्तुत गरेका थिए । मिडिया रिसर्च सेन्टरका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बिर्तामोड नगरपालिका र लिङ्कन मन्टेश्वरीको विशेष सहयोग रहेको थियो ।

प्रशिक्षणमा विभिन्न क्षेत्रका लेखक, पत्रकार, साहित्यप्रेमी तथा साहित्यमा रूचि राख्ने विद्यार्थीरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमले साहित्यिक लेखनमा अभिरूचि राख्ने युवाहरूलाई थप प्रोत्साहित गर्ने आयोजक संस्थाको विश्वास छ ।

तालिममा सहभागीहरूले यस्ता किसिमका कार्यक्रमहरूले समाज रूपान्तरण गर्न तथा सिर्जनशिलतामा सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम समापनको अवसरमा सहभागीको तर्फबाट सहारा नेपाल साकोसका सञ्चालक भोला धितालले  साहित्य लेखनमा आफ्नो अभिरूची नरहेपनि आफु असल पाठक भएको बताउनु भयो ।

उहाँले साहित्य लेखनमा कलम चलाउनेका लागि कार्यक्रम निकै फलदायी भएको बताउनु भयो ।

साहित्य लेखन तालिममा समुदायिक विद्यालय अन्तर्गत  मोहनमाया माध्यमिक विद्यालय,महेन्द्र  उच्च मा.वि, दर्गा मा.वि तथा इन्द्रचन्द्र क्याम्पसमा विद्यार्थी तथा शिक्षकहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा साहित्य पत्रकार मञ्चका अध्यक्ष, हरि बराल, उपाध्यक्ष रवी किरण बान्तवा, सचिव भरत भाबुक प्रसाई, शिक्षक तथा पत्रकार धर्मेन्द्र भट्टराई मामा, साहित्यकार  तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल,पत्रकार सृजन घिमिरे,कबि गुराँगाई,विरता रिर्डकसका सह–संयोजक केशव मैनाली, अग्रज साहित्यकार तथा लेखक सन्तोष आचार्य, साहित्यकार भानुभक्त खनाल,राहुल राजवंशी,खुसी अधिकारी, रिना थापा मगर, अजय बाबु श्रेष्ठ,सारिका गजमेर,शान्ता बराल , करूणा शिवाकोटी, कृतिका मैनाली , कृष्ण न्यौपाने लगायत सुर्योदय टि भीका संवादाता देव बाँस्कोटा लगायत  साहित्यकार, पत्रकार  लेखक तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा गजलकार तथा साहित्य पत्रकार मञ्चका संयोजक हरि बरालले आफ्नो गजलका माध्यमद्वारा कार्यक्रममा रौनकता थप्नुभएको थियो ।

विरता रिर्डसका संयोजक तथा  कार्यक्रमका अध्यक्ष तीर्थ सिग्देलले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै  सृजनशिलतामा देखिएको अन्यौलतालाई चिर्न तालिमको आयोजना गरिएको बताउनु भयो ।

उहाँले बिर्तामोड नगरपालिका लगायत सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई भव्य बनाउन सबैको सहयोग रहेको बताउनु भयो ।

बरालले स्वागत गर्नुभएको कार्यक्रमलाई  साहित्य पत्रकार मञ्चका सदस्य तथा पत्रकार सरोज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *