इर्डन गार्डेन एजुकेशन फाउण्डेशनले राष्ट्रिय टोपी दिवस मनायो

बिर्तामोड । भरत भाबुक प्रसाई ,पश्चिमी संस्कृतिले नेपाली संस्कृतिलाई बिस्थापित गरिरहेको बेलामा बिर्तामोड स्थित इर्डन गार्डेन एजुकेशन फाउण्डेशनले राष्ट्रिय संस्कृतिलाई संरक्षण गर्ने हेतुले राष्ट्रिय टोपी दिवस मनाएको छ ।

बिद्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बिर्तामोड स्थित मुक्तिचोक परिक्रमा गर्दै पुरानो भद्रपुर भई विद्यालयमा पुगि विर्सजन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिक्षा सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विद्यालयका शिक्षक कमल अधिकारीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका साथै प्रभातफेरीमा विशेष ट्राफिक व्यवस्थापनमा सहयोग गरेको भन्दै जिल्ला ट्राफिक प्रहरीका सहायक हवल्दार सुनिल थापालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा कक्षा ९ की छात्रा गोमा मैनालीले टोपी दिवसको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।

विद्यार्थीहरुलाई संस्कृति र परम्परासंग परिचित गराउन विद्यालयले टोपी दिवसको आयोजना गरेको इर्डन गार्डेन एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक मोहन आर्चायले बताउनु भयो ।

उहाँले पठन सिपकला संगै पहिचानको संरक्षणमा विद्यार्थीहरुको भुमिका बढाउन  कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

विद्यालयका शैक्षिक कोअडिनेटर गिताराम आचार्यले कार्यक्रको सञ्चालन गर्नु भएको थियो ।

पछिलो केहि वर्ष ‘नेपाली टोपी हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरुले यो दिवस मनाउन  थालेका छन् ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको संख्या पनि धेरै देखिने गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *