झापा इनर्जीको छैठौ बार्षिक साधारण सभा सम्पन्न

बिर्तामोड । भरत भाबुक प्रसाई , झापा इनर्जी लिमिटेडको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनिका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनिका सञ्चालक समिति सदस्य रामचन्द्र उप्रेतीले स्वागत गर्नु भएको थियो ।

सम्बोधनका क्रममा उप्रेतीले चुनौतिको समयमा कम्पनिलाई विश्वास गरि साथ दिने सम्पूर्ण शेयर सदस्यहरुलाई विशेष आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कम्पनिका अध्यक्ष एलपी साँवाले कम्पनिको बार्षिक प्रतिवेदन र संस्थाका सचिव सरोज श्रेष्ठले साधारण सभाको गणपूरक संख्या पुगेको जानकारी गराउदै  कम्पनिको लेखा परिक्षण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापा इनर्जी झापाको गौरब भएको  बताउनु भयो ।

उहाँले झापाली संञ्चारकर्मी सदैव बिकास र समृद्वीको अभियानमा झापा इनर्जी लिमिटेडको सहयात्री बन्ने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय सहकारी वैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले झापालीले विश्वास गरी परियोजना लाई साथ दिएको बताउदै १० युनिट विजुलिमा मात्र सिमित नरहेर आउँदा दिनमा परियोजनाले  अझ फराकिलो भएर जानेमा आफु आशाबादी रहेको बताउनुभयो ।

उहाँले ठुला परियोजना एक दुईजनाको लगानिले मात्र सम्भव नभएकाले पब्लिक लगानी आवश्यक पर्ने बताउनुभयो ।

अर्का बक्ता पूर्व सञ्चालक तथा  कोशी प्रदेशका पूर्व मन्त्रि झलकसिंह दर्लामीले यो परियोजनाले गर्दा नेपालमै बिकास  सम्भव छ भन्ने दृष्टान्त प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष साँवाले संस्थाको प्रगति प्रतिवेदन साथै  झापा इनर्जी लिमिटेडको स्थापना गर्नुको उद्देश्यदेखि हालसम्मको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।

आयोजना निर्माण सम्पन्न भएको करीव ११ महिनामा २०८०–८१ को माघ १० देखि असाढ ३१ सम्म यस आयोजनाले ७२ लाख ४४ हजार ४ सय ९० युनिट विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई बेच्न सफल भएको अध्यक्ष सावाले बताउनु भयो ।

आयोजनामा  २०८० माघ १० देखि २०८१  मंसिर ३० सम्ममा  ९ करोड २७ लाख ४१ हजार ४ सय ७० रुपैया आम्दानी गर्न सफल भएको  अध्यक्षको  प्रतिवेदनमा जनाइएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सञ्चालक सुवास भट्टराईले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *