चिया क्षेत्रमा देखिएका समस्याको दिर्घकालिन समाधानका लागि विशेष भुमिका खेल्नेछु ः कांग्रेस महामन्त्री शर्मा
चिया क्षेत्रमा देखिएका समस्याहरुको दिर्घकालिन समाधानार्थ चिया क्षेत्र संग सम्बन्धित सरोकारवालाहरुले नेपाली कांग्रेसका महामन्त्रि तथा प्रतिनिधी सभा सदस्य विश्वप्रकाश शर्मालाई ध्यानार्कषण पत्र बुझाएको छन् ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले राष्ट्रिय चिया निती २०५७ मा राम्रा कुराहरु लेखिए पनि व्यवहारमा कार्यन्वयन हुन नसकेको बताउनु भयो ।
उहाँले झापामा मात्रै १० हजार हेक्टर र सम्पूर्ण नेपालमा २८ हजार हेक्टरमा फैलिएको चियामा १७ हजार कृषकहरुको मातहतमा ६५ हजार श्रमिकले काम गर्ने गरेको बताउनु भयो ।
उहाँले समयानूकूल राष्ट्रिय चिया निती २०५७ संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।
बोर्डका प्रमुख अधिकारीले प्रदेश सरकारले विनियोजन गरको २ करोड भन्दा बढी रकम सघं र प्रदेशाम रहेका कृषि मन्त्रालयबिच ईएमआई हुन नसक्दा बजेट फ्रिज हुने अवस्था आईपुगेको प्रतिनिधी सभा सदस्य शर्मालाई ध्यानार्कषण गराउनु भयो ।
आर्थिक वर्ष २०८०–८१ मा चिया सम्बन्धि कानुन नभएकै कारण प्रदेश सरकारले विनियोजन गरेको ४ करोड १० लाख रुपैया फ्रिज भएको थियो । कोशी प्रदेशमा मात्रै साना र ठुला गरी ५० भन्दा बढी चिया उत्पादन उद्योग तथा कलकारखानाहरु रहेका छन् ।
ध्यानार्कषण पत्र बझदै प्रतिनिधी सभा सदस्य विश्वप्रकाश शर्माले चिया क्षेत्रमा देखिएका समस्याको दिर्घकालिन समस्याका लागि विशेष भुमिका सहित सम्बन्धित निकायहरु संग गम्भिर रुपमा छलफल गर्ने बताउनु भयो ।
उहाँले छलफल स्थलबाटै उर्जा मन्त्रि र कृषि मन्त्रिलाई फोन गरी समस्या समाधानका लागि जिम्मेवारीका साथ लाग्न आग्रह गर्नुभयो ।
उहाँले नीति र कानुनको परिधी भित्र रहेर सबै संयन्त्र परिचालन गरी चिया क्षेत्रको दिगो बिकासमा जट्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य राम कट्टेल, केन्द्रिय सदस्य गोमा भट्टराई, चिया व्यवसायी कृष्णप्रसाद प्रसाई, नेपाली कांग्रेस झापा क्षेत्र नम्वर १ का सह–सचिव खगेन्द्रबहादुर गिरी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण संवाद समूहका संयोजक एकराज गिरीले गर्नु भएको थियो ।
संवाद समूहले लामो समयबाट चिया क्षेत्रमा देखिएका समस्याहरुको दिर्घकालिन समाधानका निम्ति विभिन्न निकायसंग संवाद गर्दै आएको छ ।