कचनकवल सगरमाथा जागरण अभियान आजबाट शुरु

कचनकबल । भरत भाबुक प्रसाई, नेपाली कांग्रेस कोशी प्रदेशले कचनकबल सगरमाथा जागरण अभियान नेपालकै होचो स्थान कचनकवलबाट शुरु गरेको छ ।
संगठन सुदृढीकरण, ऐतिहासिक खोज र सम्वृद्विको आधार भन्ने मुलनाराको साथ जागरण अभियान थालिएको कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्वव थापाले बताउनुभयो ।

उहाँले असार २० गते सगरमाथाको फेदि सोलुमा पुगेर कार्यक्रमको समापन गरिने बताउनुभयो ।

पार्टीले जलवायु परिवर्तन प्रभाव र पहिचान सम्बन्धमा पार्टीले आवाज उठाउनु पर्ने उहाँले बताउनु भयो । १४ जिल्लाको जागरण सकिएपछि जलवायु परिवर्तन र प्रभावका सम्बन्धमा तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउने थापाले बताउनु भयो ।

उहाँले कोशी प्रदेशका १४ जिल्लामा जागरण अभियान  १ महिनामा २ वटा जिल्लामा कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।

थापाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै पार्टी एकता र जनताका समस्या सुन्न जागरण अभियान सञ्चालन गरिएको बताउनु भयो ।

कार्यक्रमको स्वागत कोशी प्रदेशका भौतिक पूर्वधार तथा राज्यमन्त्री भुमिप्रसाद राजवंशीले गर्नु भएको थियो । नेपाली कांगे्रस केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमार कार्कीले जागरण सफल्ताको शुभकामना दिदै सम्पदा संग पार्टी जोडिनु पर्ने बताउनु भयो ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्वव थापाकको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा १४ जिल्लाका पदाधिकारीहरु र केन्द्रिय स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *