बलत्कार हत्या नेपाली मानव सभ्यताकै कलंकः राष्ट्रपति विद्यादेवी भन्डारी

अर्पित राई

२९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भन्डारीले बालबालिका अपहरण हत्या बलात्कार, यौनजन्य हिंसा जस्ता जघन्य अपराधको घटना नेपाली मानव सभ्यताकै कलंक भएको बताउनु भएको छ ।

राजधानीमा आज राष्ट्रिय बालदिवसको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभुत गरेको बालबालिकाको हक अधिकारलाई प्रभावकारी कार्यन्वयन गरी हिंसा रोक्नुपर्ने बताउनु भयो ।हिंसामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याउन प्रहरी प्रशासन, अनुसन्धानकर्मी निकाय र समाज एकजुट भई लाग्नुपर्ने उहांको भनाइ छ ।

संघीय संरचनामा बाल अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि संघप्रदेश र स्थानीय तहको महत्वपूूर्ण भुमिका रहने उहांले बताउनुभयो । निर्मला पन्त हत्याकाण्डले आफुलाई दुखित तुल्याएको बताउदै राष्ट्रपति भण्डारीले पिडित परिवारको अविभावकले न्याय नपाएर छटपटाउनु दुःखको विषय रहेको बताउनुभयो ।

जो कोहि अपराधीलाई दायरामा ल्याउन प्रशासन, नागरिक समाज र सरोकारवालाहरुलाई गम्भीर बन्न उहांले आग्रह पनि गर्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *