भ्रामक इमेलहरू आएमा प्रतिक्रिया नदिन प्रहरीको आग्रह
काठमाण्डौ – नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका कार्यालय र उच्च अधिकारीहरूको नाम तथा दर्जासमेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ ।
ब्यूरोले विज्ञप्ति निकालेर साइबर ब्यूरोलगायत अरु प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स अर्थात भ्रामक भएको भन्दै कुनै प्रतिक्रिया नदिन पनि आग्रह गरेको छ । त्यस्ता प्रकृतिका इमेलहरूको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन ब्यूरोले अनुरोध गरेको हो ।