कनकाई ।  सुुुरुङ्गा जेसिज सुरुङ्गाको आयोजनामा  झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदान जारी  प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाकाले जितेको छ ।

‘कनकाई कप–२०८१’ को उपाधीका लागि मंगलबार मोरङको बेलबारी नगरपालिका  र  भारत सिक्किमको पाउना टोली टिभिएबिच प्रतिस्पर्धा भएको थियो । बेलबारीले उपाधिसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप बिजेता सिक्किमको पाउना टोली टिभिएले भने नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

बेस्ट अफ फाएभको खेलको पहिलो सेटमा टिभिएले २५–२० को स्कोरले बेलबारिलाई पछि पारेको थियो भने दोस्रो सेटमा बेलबारीले २५–२१ को स्कोरले बराबरी गरेको  थियो । तेस्रो सेटमा टिभिएले पुनः २५–२२ को स्कोरले अग्रता लसएको थियो । चौथो सेटमा बेलबारीले २५–१५ को स्कोरले बराबरी गरेको थियो ।

खेलको पाचौं सेटमा बेलबारिले टिभिएलाई १५–१३ को स्कोरले पछि पारेर विजय हासिल गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा पाँच बिधाका उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार  रुपैयाँ प्रदान गरिएको थियो । बेष्ट डिफेन्सर टिभिएका अनुप राई, बेष्ट स्पाकर बेलबारीका दिेपेश क्षेत्री, बेष्ट बलकर बेलबारीका ऋणि घिमिरे, बेष्ट सर्वर टिभिएका पर्शुराम शर्मा र बेष्ट सेटर रिदेन बिष्टलाई नगदसहित सम्मान गरिएको थियो ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीका रुपमा बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन प्रदान गरिएको थियो । म्यान अफ द म्याच बेलबारीका पदम खड्का भएका थिए ।

बिजेताहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका बिशिष्ठ अतिथि राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, जनप्रतिनिधि, सुरुङ्गा जेसीजका सल्लाहकार संयोजक कुमारमणि पोखरेल, कनकाई नगर खेलकूद समितिका अध्यक्ष जविन तिम्सिना, धार्मिक तथा सामाजिक ब्यक्तित्व शेरबहादुर थापा,जेसीजका पूर्व अध्यक्षहरु, जविन तिम्सिना , शिवकुमार  कँडेल, एलपी उप्रेती लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *