बिर्तामोडमा २ करोड ५० लाखको लागतमा गायत्री माता मन्दिर स्थापना

बिर्तामोड । झापाको बिर्तामोडमा २ करोड ५० लाखको लागतमा गायत्री माता मन्दिर स्थापना भएको छ । युवा उद्यमी रोनक बंशलको सक्रियतामा बिर्तामोडमा गायत्री मन्दिर स्थापना भएको हो ।

प्रदेश सरकारको ४० लाख बिर्तामोड नगरपालिकाको १५ लाख र स्थानीय दताहरुको सहयोगमा गायत्री माता मन्दिर निर्माण सम्पन्न भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०८० जेष्ठ १७ गतेबाट निर्माण आरम्भ भएको मन्दिरको ५ दिवसीय अनुष्ठानको आयोजना गरेर प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको बंशलले बताउनु भयो । उहाँले आगामी माघ २१ गते निर्मित मन्दिरको प्राण प्रतिष्ठा गरिने बताउनु भयो ।

माघ १७ गते प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको उहाँको भनाइ छ ।

अनुष्ठानकै क्रममा माघ २० गते नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजको प्रवचन कार्यक्रम राखिएको छ । यसका अतिरिक्त प्रत्येक दिन भजन किर्तन र महाप्रसाद वितरणको कार्यक्रम राखिएको बंशलले बताउनु भयो ।

कार्यक्रम संयोजक बंशलका अनुसार बिर्तामोडमा निर्मित यो झापाको चौथो गायत्री मन्दिर हो। यसअघि भद्रपुर, अर्जुनधारा र कनकाईमा गायत्री मन्दिर स्थापना भएको छ । बैदिक सनातन धर्मका अनुसार गायत्री मातालाई पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रुपमा लिने गरिन्छ ।

गायत्री मातालाईवेद माता तथा ज्ञान शक्तिको रुपमा मानिदै आएको छ । बिर्तामोड नगरमै पहिलो गायत्रीमाताको मन्दिर प्राण प्रतिष्ठामा नेपाल तथा भारतका चर्चित गायकहरु कृष्ण भण्डारी,आयुष शर्मा, साहिल कोहली तथा नेहासिंह राजपुतको सहभागीता रहने जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *