प्रेस चौतारी झापाको नयाँ नेतृत्व, अध्यक्षमा परियार
झापा ,११ माघ । प्रेस चौतारी नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा आज शुक्रवार भएको चौतारीको १० औं जिल्ला अधिवेशनले प्रदीप परियारको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित कमिटीको उपाध्यक्षद्धयमा राजु पोखरेल, सुनिरा मैनाली, सचिवमा युवराज आचार्य, सह–सचिवमा राम निरौला ,समावेशी सह–सचिवमा तिलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यमा अस्मिता साकी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनिया, सोम मंग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको जिल्ला अधिबेशन चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।