झापाको झापा गाउँपालिकाद्वारा २सय ९१ विद्यार्थीलाई साइकल वितरण
झापा।नेत्र बिक्रम बिमली, झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत २९१ विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।
पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं पालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सामुदायिक विद्यालयमा अध्यनरन कक्षा ९ मा अध्यन गरि रहेका छात्रछात्रालाई साईकल वितरण गरिएको थियोे ।
आज शुक्रबार पालिका भवनमा आयोजित विशेष कार्यक्रममा उनिहरुलाई पालिकाको २०८१र०८२ को शिक्षामा बिनियोजन गरिएको बजेट मार्फत टेन्डरबाट २९१ साइकल १२ लाख बराबरको खरिद गरि वितरण गरिएको हो ।
शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै का।वा । अध्यक्ष थपलियाले कोहि पनि विद्यार्थीले उच्च शिक्षाको लागि बिद्यालय जानबाट बन्चित नहोस् भनेर झापा गाउँपालिकाका ५ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यन गर्ने विद्यार्थीलाई साइकल उपलब्ध गराएको बताउनु भयो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको शिक्षा ,स्वास्थ जस्ता कुरालाई निरन्तरता दिने बताउदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखी १० सम्मका सामुदायिक बिद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई कोचिङ्गको व्यवस्था समेत मिलाइएको जानकारी दिनुभयो ।
का।वा। अध्यक्षले विद्यार्थीहरुलाइ उच्च शिक्षा हासिल गर्न बिद्यालय जानबाट बन्चित नहोस भन्ने उदेश्यले ५ वटा माध्यमिक बिद्यालयका कक्षा ९ का बिद्यार्थीलाइ साइकल बितरण गर्ने कार्यक्रमको निरन्तरता दिएको बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षामा ३ करोड भन्दा बढी गाउँपालिकाले लगानी गरेको बताउदै , साइकल वितरण गर्न थालेपछि बिद्यालयमा छात्राहरूको संख्या बढदै गएकोले कार्यक्रम फलदायी बन्दै गएको र विद्यार्थीले साइकल सदुपयोग गरेनगरेको अनुगमन गर्ने समेत बताउनु भएको थियोे ।
साइकल वितरण कार्यक्रममा वडा न ७ का अध्यक्ष सखिचन्द्र मण्डल, शिक्षा समिति सदस्य एवं शिक्षक महासंघ अध्यक्ष जगन्नाथ राजवंशी, शिक्षक महासङका सचिव टीका प्रसाद कट्टेल साइकल प्राप्त गर्ने विद्यार्थी जनता माविका राजेस खड्का र कुवाडीदेवी माविकी रोजिना घोर्षानी लगायतले मन्तव्य राख्नु भएको थियोे ।
शिक्षा शाखा पाचौं कर्मचारी अम्बिका गौतमले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख जीवन ढकालले गर्नु भएको थियो ।
डिल्लीराज माविका ७७ जना , जनता माविका १४० जना , जनकल्याण माविका ४२ जना ,कुवाडी माविका १३ जना र महेन्द्र माविका १९ जना छात्रछात्रालाई साइकल पालिकाको निति तथा कार्यक्रम मार्फत शिक्षामा छुट्टाएको बजेटबाट वितरण गरिएको हो ।
झापा गाउँपालिकामा २०७५ सालदेखि अध्यक्ष जयनारायण शाहले साइकल छात्राहरुलाई दिदै आएकोमा आफ्नो दोस्रो कार्यकालमा भने छात्रछात्रा दुबैलाई दिन शुरु गर्नु भएको र त्यसै लोकप्रिय कार्यक्रमलाई पालिकाले निरंतरता दिदै आएको हो ।