प्रेस चौतारी नेपाल झापाले २७ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनायो,नगरप्रमुख प्रसाईद्वारा ५१ हजार पत्रकार उपचार कोषलाई सहयोग गर्ने धोषणा

शिवसताक्षी । भरत भाबुक प्रसाई, प्रेस चौतारी नेपाल झापाले विविध कार्यक्रमको आयोजना गरि २७ औं स्थापना दिवस मनाएको छ ।

पत्रकारितालाई पर्यटनसंग जोड्ने उदेश्यले आफ्नो स्थापना दिवस चौतारीले आज (मंगलबार) धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित दोमुखामा मनाएको प्रेस चौतारी नेपाल झापाका इन्चार्ज मनकुमार गदालले बताउनु भयो ।

सोही कार्यक्रमका बिच प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार कोषमा आर्थिक सहयोगसमेत जुटेको छ ।

कार्यक्रमकी अतिथी बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले आफ्नो श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रकम पत्रकार उपचार कोषमा हस्तान्तरण गर्ने घोषणा गर्नु भएको छ ।

उहाँले स्व. ज्ञानुराम प्रसाईले पत्रकारको हक हितका लागि सधै काम गर्नु भएको स्मरण गर्दै उहाँको स्मरण स्वरुप पत्रकार उपचार कोषमा सहयोग गरेको बताउनुभयो । त्यस्तै एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास धमलाले ११ हजार सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले जनही ५ हजार पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटीलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले संयुक्त रुपमा व्यानर ओपनिङ गरी कार्यक्रको उद्घाटन गरिएको थियो ।

प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राई नेपाली कांग्रेस झापाका सचिव हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष भण्डारी,प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बनभोजसहित आयोजना गरिएको कार्यक्रममा बिभिन्न मनोरन्जान्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो  भने अश्लिक, मिथ्या तथा भ्रामक बिषयवस्तु प्रचारप्रसार बिरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौ भन्दै हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

यस्तै चौतारीको भर्खरै सम्पन्न अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले प्रमाणपत्र हस्तान्तरण गर्नुृ भएको थियो ।

प्रमाणपत्र बितरण कार्यक्रमको सहजीकरण  निर्वाचन समितिका सदस्य गोपाल काफ्लेले गर्नु भएको थियो ।

चौतारी झापा अध्यक्ष प्रदी परियारको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गर्नुृ भएको थियो ।

कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, हल्दीबारी गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, समाजबादी प्रेस संगठन झापाका अध्यक्ष शम्भू दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईलगायत बिभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि, एमालेका बिभिन्न तह र तप्कामा रहेको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *