संचयकोष वैंक वित्तीय संस्थाहरुको पुँजीको स्रोत नबनोस: अर्थमन्त्री युवराज खतिवडा

अर्पित राई

३१ भदौ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले समाजिक सुरक्षामा संचयकोष योगदान प्रभावकारी रहेको बताउनुभएको छ ।
कर्मचारी सञ्चय कोषको ५७ औँ वर्षिकोत्सव समारोहको उद्घाटन गर्दै अर्थमन्त्री अतिवडाले संचय कोषले नेपालमा सामाजिक सुरक्षा दिगो र प्रभावकारी बनाउन महत्वपूण भूमिका खेलेको बताउनुभयो ।

मन्त्री खतिवडाले सञ्चयकोषको उदेश्य भविष्य सुनिश्चत गराउने, पु“जी निर्माणमा सहयोग गरी राज्यले दिने सामाजिक सुरक्ष्ाँको भार कम गराउने हो भन्दै सबै सञ्चालक समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

उहा“ले बचतको हिसाबले संचयकोष धेरै ठुलो संस्था भएकोले मुद्रा बजारमा मात्र बढी सक्रिय देखिएको संस्था अब पुँजी बजारमा सक्रिय हुनु पर्ने सुझाव दिनुभयो । संचयकोष वैंक वित्तीय संस्थाहरुको पुँजीको स्रोत नहुन मन्त्री खतिवडाले संञ्चालकहरुमा आग्रह गर्नुभयो ।

व्याजदरलाई स्थिर गर्न, बजारलाई प्रगतिको बाटोमा डोर्याउन मध्यकालिन र पुँजीकालिन कार्यमा संचयकोष लाग्नुपर्ने उहाँको सुझाब छ ।

समारोहलाई सम्बोधन गर्दै उहाँले ५७ औँ बर्षमा प्रवेश गर्दैगर्दा परिपक्कताको गुण देखाउनुपर्ने बताउदै संगठनात्मक स्थिति परिर्वतन गरी विज्ञान र प्रविधिको अभ्यास संस्थालाई लैजानपर्ने मन्त्रि खतिवडाको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *