म्याङकुट आँधीले चीनको पनि जनजीवन अस्तव्यस्त
![](https://koshidarpan.com/wp-content/uploads/2018/09/103457139_049320263-1_6muXDsA4dt.jpg)
म्याङकुट आँधीले चीनको जनजीवन अस्तव्यस्त पारेको छ । आँधीका कारण दुई जनाको ज्यान गएको छ ।
फिलिपिन्स पछि पुगेको आँधीले चीनका २५ लाख मानिस विस्थापित भएका छन् । दक्षिणी चीनमा डुबान हुनुका साथै तीव्र गतिमा हुरी चलिरहेको विविसीले जनाएको छ । प्रतिघण्टा १ सय ६२ किलोमिटरको गतिमा आएको आँधीका कारण उडान रद्द भएका छन् भने रेल सेवा र मुख्य सडक बन्द भएका छन् ।
आँधीको बढी प्रभाव परेको ग्वाङडुङ प्रान्तमा उच्च सतर्कताका साथ घरहरू बन्द गरिएका चिनियाँ अधिकारीले बताएका छन् । फिलिपिन्समा यहि आँधीका कारण ६४ जनाको ज्यान गइसकेको छ ।
फिलिपिन्सको आपतकालका लागि खटिएको टोलीले पहिरोमा फसिरहेकाहरूको उद्धार गरिरहेको जनाएको छ ।