सुडानमा शान्ति स्थापनामा खटिएका नेपाली सेनाका जवानमाथि गोली प्रहार

काठमाडौं – संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ ।

ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक भने गरेको छैन ।

उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका अनुसार दक्षिणी सुडानको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको गस्ती फर्कने क्रममा उनलाई गोली लागेको हो ।

घाइते जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र घाइतेको अवस्था खतरामुक्त रहेको पनि सेनाले जानकारी दिएको छ । गोली दक्षिण सुडानको पिपुल्स लीवरेसन आर्मीका जवानबाट चलाएको बुझिएको सेनाको विज्ञप्तीमा उल्लेख छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *