न्याय माग्दै निर्मलाकी आमा बुबा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष

अर्पित राई

१ असोज, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार हत्याको न्याय मँग्दै उनका आामा बुबाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

घटना भएको २ महिना बितिसक्दा सिन अपराधि पक्राउ नपरेको, प्रहरीले नै सबुत मेटाइएको भन्दै पिडीतका बुवा आमाले न्यायको लागि प्रधानमन्त्री कपी शर्मा ओलीसंग भेटेर ज्ञापन पत्र बुझाएका हुन ।

 

पिडीत निर्मलकी आमाले सबै कुर स्पष्ट भएको भन्दै सबै जनताले बलात्कारी, हत्यारा को हो जानिसकेको तर सरकार, सम्बन्धित निकाय किन मौन रहेको बताउ“दै अभियुक्तलाई चाडो भन्दा चाडो कारबाहीको माग गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले कञ्चनपुरको घटनाले आफु दुखित रहेको बताउनुभयो ।

निर्मला कञ्चनपुरका एक गरीब बुवा आमाको छोराछोरी मात्र नभई मुलुककै छोरी भएको र हत्यारा बलात्कारी जोसुकै भएपनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।

उहा“ले निर्मलाको न्यायका लागी नै विभिन्न अनुसन्धान टोली बनाएको, टोलीको अविश्वास भएको कारण नै प्रहरी निलम्बन गरेको जानकारी गराउनुभयो ।

कुनै आन्दोलन र प्रर्दशनीका कारण नभई राज्यको कर्तव्य भएकाले गम्भिर भई अनुसन्धानमा लागेको प्रधानमन्त्रीको दाबी थियो । अभियुक्तलाई कानुनको दायरामा ल्याई निर्मलालाई न्याय दिलाएरै छोडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *