इंग्लिस प्रिमियर लिग : टोटनह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राति एउटा मात्रै खेल हुने भएको छ ।

नेपाली समय अनुसार राति पौने १ बजे म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्पर भिड्ने छन् । जारी लिगको तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेड जित हात पार्दै गत साता ब्राइटनसँगको पराजय बिर्साउने तयारीमा हुने छ ।

युनाइटेडले पहिलो खेलमा लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा दोस्रो खेलमा ब्राइटनसँग ३–२ गोलले पराजित भएको थियो । युनाइटेड अहिले तालिकाको नवौं स्थानमा छ  ।

यस्तै टोटनह्याम पनि आजको खेलमा विजयी भए लगातार तीन खेलबाट ९ अंक पुर्‍याउने प्रयास गर्नेछ । टोटनह्यामले न्यूक्यासललाई २–१ गोल अन्तरले पराजित गर्दा फूलह्याममाथि ३–१ को जित दर्ता गरेको थियो ।

टोटनह्याम ६ अंक सहित तालिकाको छैठौं स्थानमा छ । लिगको तेस्रो चरणको खेल सकिँदा वेस्टह्यामले अहिले सम्म एउटा जित निकाल्न सकेको छैन भने सातवटा टिमले स्पष्ट तीन अंक जोड्न सकेका छैनन् ।

अहिलेसम्म लिभरपुल, चेल्सी र वाटफोर्डले मात्रै शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्दै ९ अंक जोडेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *