कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्ने : प्रधानमन्त्री केपी शर्मँ ओली

 अर्पित राई

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मँ ओलीले उच्च शिक्षा मुलुकको आर्थिक विकासको आधार बन्ने बतानुभएको छ ।

त्रिभुवन विश्वविद्यालय सभाको आर्थिक बर्ष ७५- ७६ को बजेट छलफललाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रणली ल्याउनु पर्ने बताउनु भएको हो ।

विश्वविद्यालयले शिक्षित, सक्षम, नैतिकवान तथा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनता हत्या हिसां अपहरण बलात्कार जस्ता त्रासमा बाच्नु पर्छ भने त्यस्तो समबृद्धिको कुनै अर्थ नहुने बताउदै मुलुकलाई समबृद्धिसंगै शिक्षित, नैतिकवान र सक्षम नागरीक उत्पादन गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाले त्रिभुवन विश्वविद्यालयलाई विश्वका स्तरीय विश्वविद्यालयको सूचीमा ल्याउने लक्ष्यका साथ शौक्षिक वातावरणमा ध्यान केन्द्रीत गरी उच्च शिक्षालाई सिर्जनात्मक रुपमा विज्ञान र प्रविधिमा केन्द्रीत हुन जरुरी रहेको बताउनुभयो ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रि.वि का सहकुलपति गिरिराजमणि पोखरेलले विश्व शौक्षिक क्ष्ँेत्रमा प्रतिपर्धात्मक बन्दै गरेको अवस्थामा ठुलै चुनैति भएको बताउनुभयो ।

बैठकमा विश्वविद्यालयका उपकुलति प्रा.डा तीर्थराज खनियाले त्रिभुवन विश्वविद्यालयको वर्तमान शैक्षिक, भौतिक, प्रशासनिक एवम् व्यवस्थापकिय पक्षहरुमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

उहाले ५९ वर्षको इतिहासमा निरन्तर स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई ज्ञान र प्रविधिको क्षत्रमा उच्च शिक्षा प्रदान गरेको बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *