दमक–रवि–चिसापानी सडक : २६ वर्षपछि कालोपत्रे


३ असोज, दमक । झापाको सडक सञ्जाल अन्र्तगत महत्वकांक्षी योजनाका रुपमा रहेको दमक–रवि–चिसापानी सडक खण्ड कालोपत्रे हुुने भएको छ । यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैया बजेट छुुट्टिने भएसंगै कालोपत्रे बन्ने पक्का भएको हो । भाद्र २९ गते बसेको मन्त्रीस्तरको बैठकले सडकको वहुुपर्षे ठेक्का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्विकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुुरीले सोमबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुुन् ।

३४.५ किलोमिटरको यस सडकखण्ड मध्ये २५ किलोमिटर सडकखण्डका लागि सो रकम छुुट्ट्याइएको अध्यक्ष पुुरीले जानकारी बताए । इलामको माङसेबुुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरोन्नति गर्न स्विकृति प्राप्त भएको छ । पुुरीका अनुुसार झापा र ईलामको सिमानादेखि माङसेबुुङसम्मको करिब ७ किलोमिटर सडकखण्ड भने असार मसान्तमा नै ठेक्का लागि सकेको छ । अध्यक्ष पुुरीले भने,‘सबै पक्षको पहलमा सडक कालोपत्रे हुुन लागेको हो ।

पाँचथर, इलाम र झापाको विकासमा यो सडक महत्वपूर्ण छ ।’ ट्रयाक खोली यातायात समेत सञ्चालन हुुँदै आएको सकडको २५ किलोमिटरको जुुन क्षेत्र थियो यलाई ब्ल्याक टप(कालोपत्रे) गर्न जरुरी रहेको बताउँदै पुुरीले वहुुवर्षे ठेक्काका निम्ति स्विकृति दिनुु ठूलो उपलब्धी भएको बताउँदै भने,‘वहुु वर्षीय ठेक्का बन्दोवस्त सम्बन्धी निर्देशिका–२०७३ अनुुसार काम अघि बढ्नेछ ।’

भारतको फत्तेपुुर र चीनको घाङ्लासम्म जोड्ने गरी त्रिदेशीय रणनीतिक मार्ग बनाउनका लागि सम्बन्धित निकायमा प्रस्ताव समेत राखिसकेको पुुरीले बताए । झापाको दमकदेखि पाँचथरको चिसापानीसम्म जोड्ने यस सडकको झापा र इलामको सिमानादेखि इलामको माङसेबुुङ सम्मको करिब ७ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि असार मसान्तमा नै २० करोडमा ठेक्का लागिसकेको छ । महालक्ष्मी किराँतेश्वर जेभिले अढाई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का पाएको डिभिजन सडक कार्यालय दमकका प्रमुुख राजेशकुुमार यादवले जानकारी दिए । बर्खाको समय भएकोले अहिले काम नभएको तर अब चाँडै सुुरु हुुने उनको भनाइ छ ।

भने,‘अर्थमन्त्रालयले वहुुवर्षीय ठेक्काका लागि स्विकृति प्रदान गरेसंगै बाँकी २५ किलोमिटर सडकखण्ड पनि कालोपत्रेका लागि ढोका खुुलेको छ ।’ यो वर्ष ठेक्का तथा संझौतामै जाने उल्लेख गर्दै अर्काे वर्षदेखि काम सुुचारु हुुने यादवले जानकारी दिएका छन् । पाँच वर्षभित्रमा कालोपत्रे सम्पन्न भइसक्ने उनले बताए । उपभोक्ताको चाहना र आवश्यकताअनुुसार सडक बनेपनि भौगोलिक र माटोको बनावटले भने यो सडकखण्ड सहज नभएको यादव बताउँछन् । चुुरेको फेद रहेकाले ‘स्टेबल सोयल’ नभएकोले बेला बेलामा पहिरो गइरहन सक्ने बताए ।

हाल यस सडकखण्डमा ५ वटा पुुलहरू रहेका छन् । त्यसमध्ये रतुुवा खोलास्थित पुुल निर्माण भइसकेको छ । बाँकी ४ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । २६ वर्षभन्दा लामो समयअघिदेखि निर्माण सुुरु भए पनि यस सडकले पूर्णता पाएको थिएन । यो सडक निर्माण भए झापादेखि ताप्लेजुुङसम्मको यात्रा मेची राजमार्गभन्दा ७० किलोमिटरले छोटो हुुने छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *