‘कथा काठमान्डु’ लाई बोर्डको तनाव

काठमाडौं । फिल्म ‘कथा काठमान्डु’को प्रोमो अश्लील भएको भन्दै चलचित्र विकास बोर्डले युट्युबबाट हटाउन निर्देशन दिएको छ। फिल्म निर्माण कम्पनी आहान फिल्म्स्लाई पत्राचार गर्दै बोर्डले उक्त दृश्य हटाउन निर्देशन दिएको हो। निर्देशनसहित नहटाए कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरीको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो। बोर्डले पत्राचारमा उल्लेख गरेको यूआरएल भने फिल्म ‘कथा काठमान्डु’को अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानलमार्फत अपलोड गरिएको र स्वयं च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारबाहीसमेत गर्न सकिने गरी बोर्डले लेखेको पत्रमा निर्माण पक्षले आपत्ति जनाएको छ।

निर्देशक संगीता        श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमान्डु’को प्रोमोसनमा व्यस्त छिन्। असोज १२ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान डीएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ। फिल्ममा विजय राईको लगानी छ।

‘गीतका दृश्यलाई मात्र आधार मानेर जुन चर्चा परिचर्चा छ, त्यसकै आधारमा फिल्मको मूल्यांकन गरिनु हुँदैन भन्ने हाम्रो मान्यता हो’, निर्देशक        श्रेष्ठले भनिन्, ‘फिल्ममा हामीले तीन कथा र पात्रलाई चित्रण गरेका छौं। काठमान्डुको पात्र देखाएका छौं भने त्यसको गहिराइमा पुग्नुपर्छ भन्ने मेरो निष्कर्ष हो।’ फिल्म हेरेपछि त्यो दृश्य कथाअनुसार अश्लील र भद्दा लागे अपजस लिन आफू तयार भएको पनि उनले बताइन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *