तेश्रो पाथीभरा गोल्डकपमा आज न्यू स्टार क्लब झापाले घरेलु टोली कर्णसिंह सोनाम स्पोर्टिङ क्लब ताप्लेजुङको सामना गर्दै..

ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीतामा आज न्यू स्टार क्लब झापाले घरेलु टोली कर्णसिंह सोनाम स्पोर्टिङ क्लब ताप्लेजुङको सामना गर्दैछ । खेल दिउँसो २ बजेपछि सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा हुँदैछ।

कर्णसिंहले फिदिम स्पोर्टिङलाई ३–० गोलले पराजित गरेर झापासँगको भेट पक्का गरेको हो । न्यू स्टारले भने सिधै वाइ पाएर ताप्लेजुङसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । कर्णसिंह र न्यू स्टारबिचको विजेताले एम्ब्रोज क्लब मोरङ र चर्च ब्वाइज क्लब काठमाडौबिचको विजेतासँग सेमिफाइनल खेल खेल्नेछ । चर्च ब्वाइज र एम्ब्रोजबिचको खेल भदौ १३ गते हुँदैछ । चर्च ब्वाइज डिफेन्डिङ च्याम्पियन हो ।

यसअघि आइतबार सम्पन्न प्रतिस्पर्धाबाट रेड स्टार क्लव झापा प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रेडहर्स क्लब इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख १ हजार १ सय ११ र उपविजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी भदौ १६ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *