टिप्परको ठक्करबाट बालकको मृत्यु

४ असोज, उदयपुर । त्रियुगा नगरपालिका–७ कौवाईमा बुधवार साँझ टिप्परको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

धरान–चतरा–गाईघाट सडक खण्डको कौवाईमा ना १ क  ७९०७ नम्बरको टिप्परले ठक्कर दिँदा  स्थानीय मिनबहादुर कार्कीका १२ वर्षीय छोरा रोशन कार्कीको ज्यान गएको हो । टिप्परको ठक्करपछि घाइते भएका बालकको उपचारको लागि धरान लैजादै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।

बालकलाई दिएपछि  टिप्परका चालक फरार भएको र चालककको खोजि भैरहेको प्रमुख राईले जानकारी दिनुभयो  ।

Leave a comment

Your email address will not be published. Required fields are marked *