च्याम्पियन्स लिगमा युभेन्टसको विजयी सुरुवात

४ असाेज, काठमाडाैं, । स्पेनिस क्लब भ्यालेन्सियालाई पाखा लगाउँदै इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

बुधबार राति भ्यालेसियाको मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे।  युभेन्ट्सकाे जितमा  मिरालिम पजनीकले गरेकाे दुर्इ गाेल निर्णायक बन्याे।

भ्यालेन्सियाका डिफेन्डर जेइसन् मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए। पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले पहिलोपटक च्याम्पियन्स लिगमा रातो कार्ड पाएका हुन्।

स्पेनिस क्लब रियल मड्रिडलाई लगातार चार सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल रोनाल्डोले युभेन्ट्समा डेब्यु खेलमै रातो कार्ड पाएका हुन्। च्याम्पियन्स लिगको १५४ औं खेलमा रातो कार्ड पाएसंगै रोनाल्डोले दुई खेलको प्रतिबन्ध भोग्ने बताईएको छ।

रोनाल्डोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपनि युभेन्ट्सलाई पजनीकले राहत दिलाए। खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनीकले युभेन्ट्सलाई १-० को अग्रता दिलाए। त्यसपछि खेलको ५१ औं मिनेटमा पुनस्पजनीकले पाएको पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए। खेलको अन्तिम समयमा भ्यालेन्सियाले एक गोल फर्काउने मौका पाएको थियो।

तर, ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्न सकेनन्। उसको पेनाल्टी प्रहार युभेन्ट्सका गोलरक्षकले जोगाएका थिए। जितसँगै समूह एचको युभेन्ट्सले पहिलो खेलमा ३ अंक जोडेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *