बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

भारतको मध्यप्रदेशमा बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइएको छ ।

चार वर्षकी बालिका बलात्कार गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई मध्य प्रदेशको सतना जिल्लाको एक अदालतल मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिक्षक गोंडेंले बालिकालाई अपहरणपछि बलात्कार गरेको अदालतले पुष्टि गर्दै उनलाई मृत्युदण्डको फैसला सुनाएको खबरमा उल्लेख छ । बलात्कार भएको ८१ दिन पछि अदालतले फैसला सुनाएको हो ।

पीडित बालिकाको  दिल्लीको एक अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *