सुनसरीमा एकजना इस्लाम धर्मका शिक्षकको गोली हानि हत्या, गोली लागेर एक प्रहरी पनि घाइते

४ असोज,  सुनसरी । सुनसरीको भुटाहामा एकजना मौलाना अर्थात् इस्लाम धर्मका शिक्षकको गोली हानि हत्या भएको छ । भुटाहा गाउँपालिका ३ का मौलाना खुर्सिम आलमको गोली हानि हत्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

गोली लागि एकजना प्रहरी पनि घाइते भएका छन् । भारततिरबाट मोटरसाइकलमा आएका दुईजनाले आलमलाई गोली हानी भाग्ने क्रममा सीमा प्रहरी चेकपोष्टले थाहा पाएर रोक्न खोज्दा उनीहरुले प्रहरी माथि नै गोली प्रहार गरेका थिए ।

गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको पनि प्रजिअ उप्रेतीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी भर्खरै पुगेकाले घटनाको थप विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो

Leave a comment

Your email address will not be published. Required fields are marked *