सुनसरीमा एकजना इस्लाम धर्मका शिक्षकको गोली हानि हत्याम : घाइते प्रहरी खतरामुक्त, फोटो फिचर

४ असोज,  सुनसरी ।  बिहान साढे ११ बजेतिर सुनसरीको भुटाहामा एकजना मौलाना अर्थात् इस्लाम धर्मका शिक्षकको गोली हानि हत्या भएको छ । भुटाहा गाउँपालिका ३ का मौलाना खुर्सिम आलमको गोली हानि हत्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

भारतीय हतियारधारीको गोली लागेर मौलाना खुर्सिदको घटनास्थलमा नै मृत्यु भएको छ ।

उनी एमाले निकट रहेर राजनीतिमा पनि थिए भने स्थानी एक बोर्डिङ स्कुलका सञ्चालक पनि थिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाले उनलाई गोली प्रहार गरेका हुन् । गोली प्रहार गरेर दक्षिण भारतीय सिमातर्फ मोटरसाइकलमा भाग्दै गरेको समुहको घुस्कीमा प्रहरीबीच आमने सामने हुदा एक प्रहरी जवान शिवलाल पौडेल पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए ।
बोर्डर सिल गरेर सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी कार्य तिब्र पारेको छ भने भारतीय सिमा सुरक्षा वलसँग पनि समन्वय गरेर सहयोगको आग्रह गरिएको प्रजिअ उप्रेतीले जानकारी दिए । हतियारधारी समुह अहिलेसम्म पक्राउ परेको छैन ।

घटनास्थल नजिकै सशस्त्र क्याम्प भएपनि ढिलो गरी आएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।
घाइते प्रहरी खतरामुक्त
भुटाहामा खुर्सिदमाथि गोली प्रहार गरेर भाग्दै गरेको समुहको गोली प्रहारबाट घाइते भएका प्रहरी जवान शिवलाल पौडेलको अवस्था खतरामुक्त छ ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । चिकित्सक डा.देवेन्द्र गौतमका अनुसार उनको दाहिने तीघ्रामा गोलीले छेडेको छ भने दाहिने कम्मरमा पनि गोलीले छेडेको छ ।

यद्यपी, उनको एक्स रे लगायतको आवश्यक जाँच हुने क्रममा छ । ‘उहाँ खतरामुक्त हुनुहुन्छ, थप आवश्यक जाँचहरु हुने क्रममा छ,’डा. गौतमले भने । घाइते पौडेललाई इनरुवामा प्रारम्भिक उपचार पछि सवा २ बजेतिर मात्र धरान ल्याइएको हो ।

घाइते प्रहरी जवान पौडेलका अनुसार भुटाहामा गोली प्रहार गर्ने समुह दक्षिण भाग्दै गरेको खबर पाउनासाथ घुस्की प्रहरी चौकीबाट उनी राइफल बोकेर बाटोमा निस्केका थिए । त्यसैबेला मोटरसाइकलमा भारतीय अपराधीहरु आइपुगेपछि आमनेसामने भए । उनले राइफल लोड गर्न नपाई मोटरसाइकलमा पछाडि बसेका युवाले पेस्तोल चलाएका थिए । ‘खबर पाउनासाथ म राइफल लिएर निस्केको मात्र थिए, उनीहरु आइपुगि हाले । पछाडि बसेकोले पेस्तोल चलाइहाल्यो,’उनले भने ।

तस्बिर  : भुटाहामा गोली लागेर मृत्यु भएका मौलाना खुर्दिस र बीपी प्रतिष्ठानमा उपचार भइरहेका घाइते प्रहरी जवान शिव पौडेल ।

Leave a comment

Your email address will not be published. Required fields are marked *