कनकाई वार्ड स्तरीयको उपाधि २ नम्बर वार्डलाई

झापाको कनकाई नगरपालिकामा संचालित तेस्रो वार्डस्तरीय फुटबल प्रतियोगिताको उपाधि ट्राईब्रेकरमा बार्डनम्बर ३ लाई हराउदै वार्डनम्बर २ ले हासिल गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा संचालित फुटबल प्रतियोगितामा खेल अवधिभर गोल रहित बराबरीमा सकिए पछि खेल रेफ्री सन्तोस चौधरीले खेलको निर्णय सोझै पेलान्ती सुट आउटबाट गरेका थिए ।

जसमा वार्डनम्बर २ ले ३—२ गोल अन्तरले बिजयी भएको हो । बिजेत ाबनेको २ नम्बर बार्डले नगद २२ हजार र ट्रफि हात पार्न सफल भयो भने उपविजयी बनेको बार्डनम्बर ३ ले नगद १६ हजार र ट्रफि हात पार्न सफल बन्यो । फाईनल खेलको म्यान अफ द म्याच बिजयी टिमका गोलकिपर सुबास गजमेर बने भने मेन अफ द टुनामेन्ट वार्डनम्बर ३ का रोहन कार्की बने । बिजयी तथा उपविजयी खेलाडीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल , उपमेयर मन्जु प्रसाई वार्डनम्बर २ का वार्डध्यक्ष परशुराम गिरी , ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया , नगरपालिकाका कार्यपालिका सदस्य इन्दीरा सिग्देल , कनकाई खेलकुद दुत सन्त रायमाझि , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारका अध्यक्ष खेम सिटौला , लगायातले ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले अव कनकाई नगरपालिकालाई खेलको हव बनाइने र चाडै खेल रङ्गशाला निर्माण प्रक्रिया अघि वढाइने बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *