कपिलवस्तुमा चित्तल मार्ने दुईजना पक्राउ

५ असोज, कपिलवस्तु । संरक्षणको सूचीमा रहेको जंगली जनावर चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले २ जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुले जिल्लाको तिलौराकोट साझेदारी वन क्षेत्रमा चित्तलको शिकार गरेको आरोप लागेको छ ।

पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताउनु भयो ।

चित्तलको शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरेको वन कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरु अहिले जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि थुनामा रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *