हत्याको विरोधमा ईनरुवाका निजी विद्यालयहरु बन्द : अन्सारी हत्या र फैजाम हत्या उस्तै कतिपयको जोड :

५ असोज, सुनसरी । सुनसरीको हरिनगर गाँउपाालिकाको भुटाहामा मौलान खुर्सिद अन्सारीको हत्याको विरोधमा ईनरुवाका निजी विद्यालयहरु सुक्रबार बन्द गरिएको छ । त्यहाको सामुदायिक बिद्यालयहरु खुले पनि प्याब्सन र एनप्याब्सन आबद्ध सबै बिद्यालय बन्द गराईएको प्याब्सनले जनाएको छ ।
हरिनगर गाँउपाालिकामा रहेको रैयान नेशनल स्कुलका सस्थापक अन्सारीको बिहिबार स्कुलबाट घर फर्किदै गर्दा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो ।
हत्यापछि भुटाहाका स्थानियबासीले मृतक अन्सारीको शवलाई सडकमा नै राखेर टेन्ट टागेर केहि समय आन्दोलन समेत गरेका थिए ।
उनीहरुले शान्ति सुरक्षा कायम गर र हत्यारालाई पक्राउ गर्न प्रसाशन समक्ष माग राखेका छन् ।

शवलाई शुक्रबार जुमा पढेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने स्थानिय बासीले बताए ।

बिहिबार बेलुका स्थानिय र प्रसाशनबिच भएको छलफलमा केहि बिषयमा सहपति पनि भएको थियो । जस अनुसार प्रशासनले प्रदेश सरकार र गृहमन्त्रालयलाई घटनाको बारेमा जानकारी पनि गराएको थियो ।

अन्सारीलाई काठमाण्डौमा भएको फैजाम हत्याकाण्ड र भारतमा भएको बम बिस्फोट सँग जोडेर कतिपयले हेरिरहेका छन । फैजाम पनि ईनरुवाबासी नै थिए उनको काठमाण्डौमा गोली हानी हत्या गरिएको थियो ।
घटनाको बारेमा सुनसरी प्रहरीले निकै गम्भिरतापुर्वक अनुसन्धान भईरहेको जनाएको छ । भने स्थानियबासीका अनुसार हत्याराको समुह हत्या गरेपछि घुस्की हुदै भारत छिरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *