सहाना प्रधानको सम्झनामा नेकपाले गर्यो चौथो स्मृति दिवस आयोजना

अर्पित राइ

६ असोज, काठमाण्डौ ।  सहाना प्रधानको सम्झनामा चौथौ स्मृति दिवस नेकपा नेताहरुले यसरी सम्झे सहाना प्रधानलाई अर्पित प्रधानमन्त्री केपी शर्मा आफ्ना स्वर्थ भन्दा माथि उठेर देशको र जनताको उज्वल भविष्यका लागी एकावद्ध भई लाग्न पार्टीका नेताहरुलाई आग्रह गर्नु भएको छ । व्यक्तिगत स्वार्थ त्यागेर निस्वार्थ जनताको पक्षमा काम गर्न प्रधानमन्त्री ओलीको आग्रह गर्नुभएको हो ।

विभिन्न चुनैतीवीच ठुलो सघर्ष गर्ने सहानाको साहासलाई सम्मान गर्नु पर्ने भनाइ । प्रधानमन्त्री केपी शर्मा आफ्ना स्वर्थ भन्दा माथि उठेर देशको र जनताको उज्वल भविष्यका लागी एकावद्ध भई लाग्न पार्टीका नेताहरुलाई आग्रह गर्नु भएको छ । पार्टी कार्यलय धुम्बाराहिमा नेकपा नेतृ साहान प्रधान प्रति श्रद्धान्जली व्यतगर्दै अरीङगाल नभई कर्मि मैरी जस्तो मह जम्मा गर्न लाग्नुपर्ने बताउनुभएको छ ।

उहाले जनताको मुहारमा मुस्कान ल्याउन नै सहाना लगायत विर शहिदहरुको कदर गर्नुपर्ने बताउनुभयो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहाना प्रधान संग नजिक रहनु भएको साथिहरुमाझ उहा“को बारेमा बोल्न सान्दर्भिक नहुने उल्लेख गर्दै राणा शासन, तानशाहि पञ्चायत व्यवस्था तथा कम्जोर आर्थिक, पारीवारीक समस्या जस्ता चुनैतीविच ठुलो सघर्ष गर्ने सहानाको साहासलाई सम्मान गर्नु पर्ने बताउनुभयो ।

पुर्व प्रधानमन्त्री झलनाथ खनालले सामान्य मौलिक हक सम्म नदिएका राणाहरु र पञ्चायतको विरुद्धमा आन्दोलनको ज्वाला बनेको स्मरण गर्नुभयो । जिबनको अन्त्यसम्मै उहाले समाजवदी नेपालको कल्पना गर्ने अटल नेत्रि, टुट्नलागेका पार्टिलाई एकतावद्ध गर्ने महिलाहरुलाई उत्साह र एककृत गर्ने सहाना नेपाल कम्युनिस्ट पार्टीको चहकिलो तारा भएको सुनाउनुभयो ।

कार्यक्रममा सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झा“क्रीले सहाना प्रधान राणाकालदेखि सामान्तवादको विरुद्ध संर्घषशिल जुझारु नेता सहाना भएकोे बताउदै निधन हुुनु पुर्वदेखि नै सहानाको योगदान र नलेखिएका इतिहासलाई समेट्न संगठित भएर लागि परेको बताउनुभयो ।

सहाना प्रधान को थिइन ?

वि.स १९८४ साल असार २७ गते काठमाडौंमा जन्मिएकी सहाना प्रधान बाम लोकतान्त्रिक आन्दोलनकी एक सशक्त महिला आन्दोलनको महान अभियन्ता हुन । बुबासंग केहि बर्ष बर्मामा रहेका कारण अग्रेजी शिक्षा उहाले पाउनुभएको थियो । वि.स २००१ सालमा बर्माबाट नेपाल फर्कदा नेपालमा निरङकुस राणाहरुको शासन थियो । उच्चकुलिन दरबारीय भाइ भारदाले मात्र पढ्नपाउने राणा नियम विरुद्ध उहाले छोरी चेलीले पढन पाउने अधिकारकालागी प्रजातन्त्र र नागरीक अधिकारकालगी वि.स २००७ सालमा आन्दोलनमा होमीएका थिइन ।

उनिले वि.स २०१७ सालमा पञ्चायति व्यस्थाले गरेको दमनको जिवनभर प्रतिरोध गरेकी थिइन । त्यसपश्चात नेपालको राजनितिक परिवर्तनको आन्दोलमान सकृय हुने कम्युनिष्ठ पार्टिको संस्थापक पुष्पलालसंग वैवाहिक शुत्रमा वधिन चुनैति छ, दुख छ भनि जान्दा जन्दैपनि नेपालको राजनीतिलाई गति दिन समाजवादी राष्ट्रको निर्माणमा तेल थप्नका लागी विवाह गरेकी थिइन ।

महिला आन्दोलनको अग्रमी नेतृत्व वहन गर्दै महिला सुरक्षा समुहको अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालको अध्यक्षको भुमिका निर्वाह गरेकी थिइन । लोकतान्त्रिक आन्दोलनमा क्रियाशिल रहदा रहदै वि.सं २०७१ साल असोज ६ गते उनको निधन भएको थियो ।

आज असोज ६ गते उनीले गरेका योग्दानको स्मरण गर्दै नेकपाले चौथो स्मृति दिवस आयोजना गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *