झापामा पहिलो पटक एकल गायन प्रतियोगीता हुदै

सिमन चाम्लीङ राई
६ असोज, झापा । झापा सिङगिङ स्टार कमिटी र झापा ईसाइ युवा समिती को संयुक्त कार्यमा झापा जिल्ला भरी रहेको जवानहरुको गायन प्रतिभालाई प्रस्पोटन गर्न साथै ईलाका र जिल्लामा क्वायर झुण्ड तयार गर्नको लागी एकल गायन प्रतियोगिता “झापा सिङगीङ स्टार” हुने भएको छ ।
झापामा पहिलो पटक खिष्टियन एकल गायन प्रतियोगीता हुने भएको छ । प्रतियोगीता झापा जिल्लामा मात्र अडिसन गर्ने भएतापनि सम्पुर्ण जिल्लाहरुबाट नै प्रतियोगीहरुले यस प्रतियोगीतामा भाग लिन पाउने कुरा झापा ईसाई युवा समितीका अध्यक्ष पाष्टर धिरज न्यौपानेले बताउनुभयो ।

यहि असोज २२ गते दमक बाट प्रतियोगीताको पहिलो छनोट चरण सुरु हुनेछ । तेस्पछि क्रमश सुरुङ्गामा २३ गते, बिर्तामोडमा २५ गते र २४ गते धुलाबारीमा हुने कुरा पनि उहाले बताउनुभयो ।

प्रतियोगीताको अडिसनमा निर्णायकलाई रिजाएपछि प्रतियोगीहरुले गाला राउण्ड, पियानो राउण्ड, ट्रयाक राउण्ड, दोस्रो ट्रयाक राउण्ड, तेस्रो ट्रयाक राउण्ड हुदै फिनाले सम्मको यात्रा पार गर्नुपर्नेछ ।

प्रतियोगीताको निर्णायकको भुमिकामा नेपालको ख्रिष्टीयन जगतमा एकदमै प्रख्यात गायकहरु बिज्ञान बराईली, सुर्य रसाईली, विश्व राज थुलुङ, अमर रहताल र फिलीप सुनुवार रहने पनि उहाले बताउनुभयो ।
कार्यक्रमलाई सञ्चालन सुरज लिम्बुले गर्नेछन ।

प्रतियोगीतामा पहिलो हुने प्रतियोगीले रु ५०,००० रुपैपा प्राप्त गर्नेछन भने दोस्रो हुने प्रतियोगीले २०,००० र तेस्रो हुनेले १०,००० प्राप्त गर्नेछन भने चौथो र पाचौले क्रमश गिटार र मोवाईल सेट प्राप्त गर्ने कुरा आयोजक समितिले बताएकाछन ।


प्रतियोृगीतामा भाग लिन चाहने प्रतियोगिहरुले “झापा ख्रिष्टियन सिङगीङ स्टार” को फेसबुक पेजमा रहेको फरमलाई डाउनलोड गरेर तेस्लाई भरेर लानुपर्ने छ । प्रतियोगीले फारम भरिसकेपछि फारमको शुल्क रु ३०० नजिकैको इ सेवा अथवा ग्लोबल आई एृम इ बैंकमा जम्मा गर्नुपर्नेछ  यस्को सम्पूर्ण तरीका “झापा ख्रिष्टियन सिङगीङ स्टार” को फेसबुक पेजमा राखिएको छ ।


प्रतियोगीताको फाईनलको निर्णय निर्णायबाट नभई मोवाईल भोटिङ सिस्टमबाट हुने र ग्राण्ड फिनाले हिम शिखर टेलिभिजनबाट प्रसारण गरिनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *