सरकारले ल्याएको नागरिकता  ऐनसम्बन्धी विधेयकप्रति असन्तुष्टि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को

८ असोज, काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याएको नागरिकता  ऐनसम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउनु भएको छ ।

वरिष्ठ नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउनु भएको हो । संघीय संसदमा विचाराधीन त्यो विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकार र संसदलाई खबरदारी गर्न पनि उहाँले नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभयो ।

सोमबार नागरिक ऐनसम्बन्धी विधेयकका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न पनि संघीय संसद र सरकारले त्यो विधेयकलाई सच्याउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता खनालले नागरिकता दिने कामलाई सरकारले सचेत ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता  औंल्याउनुभयो । उहाँले नागरिकता वितरणसम्बन्धी अहिलेको विवादलाई समाधान गर्न राष्ट्रिय बहसकै आवश्यकतामा पनि जोड दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *