मापदण्ड विपरीत चलेका मेडिकल कलेज खारेज गर्न नेकपा नेता भट्टराईको माग

काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरीत सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गर्नु भएको छ ।

नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित सबै मेडिकल कलेजहरुको छानबिन गरी मापदण्ड विपरीत रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पार्नु भयो ।

नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको दावी पनि गर्नुभयो । वर्षौँ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ ।

नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अव ढिलाई नहुने विश्वास पनि व्यक्त गर्नु भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *