एसिड आक्रमणबाट ज्यान गुमाएकी सम्झनाको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख राहत दिने

९ असोज, धनुषा । एसिड आक्रमणबाट गम्भीर घाइते भएर उपचारको क्रममा आइतबार राति ज्यान गुमाएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको परिवारलाई प्रदेश २ सरकारले थप तीन लाख राहत दिने निर्णय गरेको छ ।

तीजको दरखाने राति सम्झना र उहाँकी बहिनी १५ वर्षकी सुस्मितालाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । यस अघि प्रदेश सरकारले दिदी बहिनीको उपचार स्वारुपम १ लाख दिने निर्णय गरेको थियो ।

पीडित परिवारलाई ‘बेटी पढाउ बेटी बचाउ’ अभियानबाट थप तीन लाख दिने निर्णय गरेको जनाइएको छ । एसिड खन्याउने घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय तथा कानुनी रायसहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्यनायधिवक्ता दिपेन्द्र झालाई निर्देशन समेत प्रदेश सरकारले दिएको छ ।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले छिमेक रामबाबु पासवानलाई पक्राउ गरेको छ । बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *