१५ करोड ७५ लाखको लगानीमा कनकाई नगरपालिका २ मा खानेपानी आयोजनाको सिलान्यास

सिमन राई
खोजमुलक । कनकाई नगपालिकाको वाड नं. १ र २ वडाका वडाबासीले अबको ४ बर्ष भित्रमा स्वच्छ खानेपानी पिउन पाउने भएका छन ।
यस वडाको खानेपानीको बारेमा बिभिन्न प्रकारको गुनासो आएपछि नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयबाट १३ करोड ७५ लाख र स्थानियबासीबाट २ करोड रुपैया गरी जम्मा १५ करोड ७५ लाखको लगानीमा कनकाई नगरपालिका २ जामुनबाडीमा प्रजापति कनकाई खानेपानी आयोजनाको सुरुवात भएको छ ।
गत सोमबार प्रतिनिधीसभाको सांसद एल पि सावां र प्रदेश सभाको सांसद हिराथापाले सो आयोजनाको सिलान्यास गरेका छन ।
यस आयोजना सञ्चालनमा आएपछि दुईवटा वडाको जम्मा साडे दुई हजार घर धुरीले स्वच्छ खानेपानी पिउने आयोजनाको सचिव निर्मल खनालले बताए ।
कार्यक्रममा कनकाई वडा नम्बर २ का वडाध्यक्ष पर्शराम गिरी लगायत जामुनबारी सामुदायिक बन समुहको अध्यक्ष ख्याम सिटौला, प्र.सा.ब.स अध्यक्ष सुर्य थापा, सरस्वति माविका प्र.अ. तुलसी कार्की आदिले आयोजनाले स्थानीयबासीको स्वास्थ्यमा सुधार हुने बताए ।
हाल यस क्षेत्रका बासिन्दाले ट्युबेल, ईनार आदिबाट आर्सनिक युक्त पानी पिउदै आईरहेका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *