१४ प्रतिशत राजश्व संकलन

११ असोज, कठ्माण्डौ ।  सरकारले चालु आर्थिक वर्षको अहिले सम्म १४ प्रतिशत राजश्व संकलन गरेको छ ।

यो वर्ष ९ खर्व ४५ अर्ब हाराहारीमा राजश्व संकलनको लक्ष्य राखेको सरकारले असोज पहिलो साता सम्ममा १ खर्व ३७ अर्ब रुपैयाँ राजश्व संकलन गरिसकेको छ ।

संघीय सरकारको पहिलो बजेट आकार बढेसंगै सरकारले राजश्वको लक्ष्य समेत बढाएको थियो । यो वर्ष प्रदेश र संघीय सरकराले छुट्टाछुट्टै राजश्व असुली गर्न शुरु गरिसकेका छन् ।

अर्थमन्त्रालय अन्र्तगत महालेखा नियन्त्रक कार्यलयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको  असोज पहिलो साता सम्ममा प्रदेश मातहतमा ८० अर्व ५८ करोड रुपैयाँ राजश्व संकलन भएको छ भने संघ मातहत ५६ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

विकास निर्माण तर्फ भने परम्परागत नियति यो वर्ष पनि दोहरिएको छ । पूँजीगत खर्च अहिलेसम्म जम्मा दुई दशमलव ३९ प्रतिशतमात्रै हुन सकेको छ । पूँजीगतर्फ ३ खर्व १३ अर्ब बजेट विनियोजन गरेको सरकारले अहिलेसम्म ७ अर्ब ५० करोड मात्रै खर्च गर्न सकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *