विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै

१३ असोज, काठमाण्डौं। आज विश्व मुटु दिवस ‘एक विश्व, एक घर, एक मुटु’ नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।

नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरीन्छ । नेपालमा गएको सात गतेदेखि नै साप्ताहिक रुपमा मुटुदिवस मनाउन शुरु गरिएको हो ।

विश्वमा झन्डै १ करोड ७३ लाखभन्दा बढी मानिस प्रत्येक वर्ष मुटुको रोगका कारण ज्यान गुमाइरहेका तथयाङक छ । नेपालमा पनि अहिले झण्डै २४ देखि २५ लाख मानिसमा मुटु रोग को समस्या पाइएको छ ।

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, मुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *