मङलबारेमा सडक सुरक्षा सचेतना कार्यक्रम : सवारी चालकहरुलाई खदा लगाई धन्यवाद

सिमन राई
१५ साउन, मोरङ । उर्लाबारी नगरपालिका ३ बरगाछि चौक मङलबारेमा आज सडक सुरक्षा सचेतना कार्यक्रम समापन भएको छ ।
उर्लाबारी युथ ग्रुप, उर्लाबारी मोरङको आयोजना तथा युवा जागरण नेपाल उर्लाबारी, नेपाल रेडक्रस सोसाईटी उपसाखा उर्लाबारी, युथ अफ उर्लाबारी, प्रगति युवा क्लब उर्लाबारी, र ट्राफिक प्रहरी पोष्ट उर्लाबारी, मोरङको सहकार्यमा यस कार्यक्र सम्पन्न भएको हो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष सुबिन धिमालले प्रमुख अतिथि तथा सम्पुर्ण अतिथिहरुलाई स्वागत मन्तब्य राखेका थिए । आउदै गरेको विजय दशमी नजिकिए सगै संघ संस्था, स्कुल कलेज र अन्य कार्यलय बिदा भए लगातै सडकमा सवारी साधनको चाप बढ्ने र सवारी दुर्घटना पनि उतिकै मात्रामा बढ्ने भएकाले यस सडक दुर्घटनालाई न्युनीकरण गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरीएको पनि उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी प्रमुख, प्रहरी नायव निरीक्षक डिएसपि कृष्ण प्रसाई हुनुहुन्थ्यो । नगर उप प्रमुख लगायत बिभिन्न राजनितीक दलको प्रतिनिधी, संघ संस्था, प्रधानाध्यापक, समाजसेवी, पत्रकार लगाएत लाई अतिथिको आसन गराईएको थियो ।


कार्यक्रममा बोल्दै प्रहरी नायव निरीक्षक डिएसपि कृष्ण प्रसाईले पुर्वको सडक कति सुरक्षित छ भन्ने कुरालाई प्रष्ट पार्दै कार्यक्रम आयोजक समितिलाई सम्पुर्ण ट्राफिक प्रहरीको तर्फबाट धन्यवाद दिदै यस्तै कार्यक्रम अघि बढाउन शुभकामना दिदै सहयोगमा सदै लागी पर्ने पनि बताउनुभयो । १ नम्बर ट्राफिक कार्यलयले अहिले बिषेश कार्ययोजना बनाएको कुरा बताउदै १ नम्बर प्रदेशलाई अझ अघि बडाउन मेनावर संगै प्रविधिको विकाश पनि गर्ने कुरा बताउनुभयो । गएको असार सम्ममा २० जना मानिसको सडक दुर्घटनामा मृत्यु भएको छ भने साउनमा १८ र असोज सम्ममा १७ जना मानिसहरुको सडक दुर्घटनामा मृत्यु भएका कुरा पनि बताउनुभयो । अन्त्यमा सम्पुर्ण सर्वसाधारण चालकहरुमा ट्राफिक नियमको पालना गर्न पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा सनसाईन अंग्रेजी माध्यमीक विद्यालय लगायत अन्य तिन ओटा स्थानिय स्कुलका बिध्यार्थीहरुले हातमा ‘ट्राफिक नियमको पालना गरा’ै, ‘मदिरा सेवन गरी सवारी नचलाऔ’, ‘हेलमेट लगाएर सवारी चलाआ’ै, ‘असल चालक सकुसल यात्री ट्राफिक हाम्रो साथी’ भन्ने सानो सनो पम्पेट बोकी सडकमा प्रदर्शन गरेका थिए ।


कार्यक्रममा केहि समय पुर्व पश्चिम राजमार्गमा आउने सवारी साधनहरुलाई रोकी सवारी चालकहरुलाई उपस्थित अतिथिहरुले सवारी सकुसल र जिम्मेवार पुर्वक चलाएकोमा खदा लगाई धन्यवाद दिई सडक सुरक्षा सचेतना कार्यक्रलाई समापन गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *