सुदूरपश्चिममा अन्नपूर्ण पोस्ट्सहितका पत्रिका जलाइयो

१७ असोज, धनगढी । प्रदेशको स्थायी राजधानीका बारेमा समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा अन्नपूर्ण पोस्ट् दैनिक जलाइएको छ। कोहलपुरस्थित प्रेसबाट सुदूरपश्चिम प्रदेशका लागि आएको पत्रिका अत्तरियामा ९/१० जनाको समूहमा आएका युवाहरुले जलाएका हुन् । अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए ।
उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो ।

 

गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो । अन्नपूर्ण पोस्ट्ले उक्त आन्दोलनको समाचार सम्प्रेषण गरेको थियो । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक पनि जलाएका प्रत्यक्षदर्शीले बताएका छन् ।

अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेता यज्ञराज जोशीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *