काठमाडौंमा टिपर चलाउने समय परिवर्तन

१८ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ।  बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साँझ ७ देखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए।

यसअघि काठमाडौ‌ उपत्यकामा बेलुकी ८ देखि बिहान ५ बजेसम्ममात्र टिपर सञ्चालन गर्न पाइने नियम थियो। जिल्ला प्रशासन कार्यालयले टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै गत साउन १ गतेदेखि उपत्यकामा रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । रासस

Leave a comment

Your email address will not be published. Required fields are marked *