ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएपछि ट्रकमा आगजनि, राजमार्ग अवरुद्ध

१८ असोज, चितवन ।पुर्वि चितवनको पर्सामा ट्रकले ठक्कर दिँदा एक जनाको मुत्यु भएको छ, भने अर्का एक जना घाईते भएका छन । पुर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले विपरित दिशाबाट सोही दिशामा जाँदै गरेको ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा खैरहनी नगरपालिका–१ बहेरी चोकका सोहना चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार जेनी महतो गम्भीर घाइते भएकी छन् । घाइते चौधरीलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु ढकालले जानकारी दिनुभयो । ओक्रोसित भिडले ट्रक र मोटरसाईकल दुवै जलाएका छन् । दुर्घटना क्षेत्र तनाव ग्रस्त बनेपछि अहिले प्रहरी घट्ना स्थलमा तैनाथ भएको उहाँले बताउनुभयो । आक्रोषित भिडले पुर्व पश्चिम राजमार्ग सवारी साधान चल्न दिएका छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *