बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए : ६ जनाको ज्यान गयो, १७ घाइते

बाँके – बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको ज्यान गएको छ । ज्यान जानेको पहिचान खुलेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर पूर्व ठुरेमा दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र  विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ७७ २९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते १७ जनाको कोहलपुर मेडिल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजे दुर्घटना भएको हो । घटनाबारे थप जानकारी आउन बाँकी छ

Leave a comment

Your email address will not be published. Required fields are marked *