बिर्तामोडमा ‘अन्डर १६’ फुटबलको तयारी हुदै

२० असोज, बिर्तामोड । दसैको अवसर पारेर झापाको बिर्तामोडमा १६ वर्ष मुनिको नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बिर्तामोड नगरपालिका २ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा असोज २१ देखि २८ गतेसम्म प्रथम बिर्तामोड जिल्लास्तरीय ’अन्डर सिक्स्टिन’ नक आउट फुटबल प्रतियोगिता हुने भएको हो ।
हाम्रो एकता युवा समाज नेपालको आयोजनामा हुने सो प्रतियोगितामा झापाका उत्क ृष्ट ८ टिमको सहभागिता रहनेछ । खेलमा जलथल एफसी हल्दिबारी, धुलाबारी फुटबल एकाडेमी क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, शिवसताक्षीधाम स्पोर्टिङ क्लब झिलझिले, सिफसी मुनाल क्लब चन्द्रगढी, दमक फुटबल ट्रेनिङ सेन्टर, एकता स्पोर्टिङ क्लब चारपाने र कमल स्पोर्टिङ क्लब कमल गाउँपालिकाको सहभागिता रहने आयोजक संस्था हाम्रो एकता युवा समाजका अध्यक्ष किरण पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
खेलले युवामा स्वस्थ्य प्रतिस्पर्धी भावनाको विकास गराउने भएकाले दसैँको अवसर पार्दै खेलको आयोजना गर्न लागिएको अध्यक्ष पौडेलको भनाइ छ ।

खेलको विजेता टिमले नगद ३५ हजारसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन । साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका सचिव लक्ष्मीप्रसाद घिमिरेले बताए । खेलको बेस्ट किपिङ, बेस्ट डिफेन्स, बेस्ट मिट फिल्डर र बेस्ट फरवडलाई समेत नगद ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने हाइ स्कोरर र म्यान अफ दि म्याचलाई नगद ४ हजार प्रदान गरिने सचिव घिमिरेले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ । २१ गतेको उदघाटन खेलमा जलथल एफसी हल्दिबारी र धुलाबारी फुटबल एकाडेमी क्लब भिड्नेछन् । उदघाटन खेल दिउसो साढे दुई बजेबाट सुरु हुनेछ भने २८ गते हुने फाइनल खेल दिउसो २ बजेबाट सुरु  हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *