टी-ट्वान्टी विश्व कप छनाेटमा नेपाल र थाइल्याण्ड खेल्दै

टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले अाइतबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले मलेसियाको बायुमास ओभलमा आइतबार थाइल्याण्डसँग नेपाली समय अनुसार अपराह्न सवा १२ बजे प्रतिस्प्रधा गर्ने छ। लगातार दुर्इ खेलमा फराकिलाे अन्तरले विजयी भएकाे नेपाल अाइतबार पनि पुरानै लय अनुसार खेल्ने रणानीतिमा छ । नेपालले म्यानमार र मलेसियामाथि ८–८ विकेटकाे जित निकालेकाे थियाे ।

लगातार दुर्इ खेलमा विजयी भएपनि नेपाल अ‌ंक तालिकाकाे तेस्राे स्थानमा छ । पहिलाे स्थानमा रहेकाे थाइल्याण्डले ३ खेल मध्य २ मा जित र एउटा खेल पानी परेपछि ड्र भएकाे थियाे । दाेस्राे स्थानमा सिंगापुर रहेकाे छ । नेपाल र सिंगापुरकाे समान ४ अंक भए पनि रनरेटका अाधारमा नेपाल तेस्राे स्थानमा रहेकाे हाे ।

थाइल्यान्डमाथि पनि जित हात पार्दै नेपाल शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । थाइल्यान्डले अहिलेसम्म नेपाललाई पराजित गर्न सकेको छैन । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

यो समूहबाट शीर्ष ३ राष्ट्र टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ । फाइनल चरणको विजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *