नेपाल थाइल्याण्डबीचको खेल पानी पर्दा रोकियो

काठमाडौं । टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया बी को छनोट प्रतियोगिता हाल मलेसियामा भइरहेको छ ।

आइतबार नेपाल थाइल्याण्डबीच भएको खेलमा पानी पर्दा खेल रोकिएको छ । थाइल्याण्डले १० ओभरमा १८ रन बनाउँदा ९ विकेट गुमाइसेको छ नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउन मलेसियाको वायुमास ओभल मैदानमा थाइल्याण्डले ब्याटिंग गरिरहेको छ ।

सन्दीप लामिछानेले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिएका छन् । यस्तै ललितनारायण राजवंशीले एक र करण केसीले ३ विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग नेपालले गर्दै १७२ रन बनाएको थियो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सो स्कोर बनाएको हो । नेपालका लागि आठौं नम्बरमा ब्याटिंग गरेका करण केसीले विस्फोटक ब्याटिंग गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *