बेनीदेखि राउण्ड धौलागिरी बेसक्याम्प जाने बन्यो ‘भर्जिन’ मार्ग

म्याग्दी – राउण्ड धौलागिरी बेसक्याम्प पुग्नका लागि पदमार्ग निर्माण भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालको आधारशिविर पुग्न पदमार्ग निर्माण गरिएको हो ।

बेनीको हुलाकचोकदेखि अर्थुङ्गे–गुफा–पौलस्त्य–पुलहाश्रम–जगन्नाथ–टोड्के–मालिका–धुरी–विम भएर मुदी हुँदै धौलागिरी बेसक्याम्प पुग्ने पदमार्ग बनाइएको धौलागिरी पर्यटन परिषद म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ बाट पदमार्ग निर्माण कार्य सुरु गरिएकोमा अहिलेसम्म एक हजार आठसय ८२ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मंगला गाउँपालिका–१, कुहुँस्थित रहेको पर्यटकीयस्थल टोड्केबाट झण्डै एकहजार मिटरको पदमार्ग निर्माण गरिएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा पर्यटन विभागबाट टोड्केमा ३४ लाख रुपैयाँको बजेटले पदमार्ग र गोलघर (प्रतिक्षालय) निर्माण गरिएको छ । यसैगरी गएको वर्ष पर्यटन विभागबाटै परेको ३० लाखको लागतमा बेनीबाट ७ सय ६४ मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै बेनी नगरपालिकाको चारलाख रुपैयाँको बजेटमा एक सय १८ मिटरको पदमार्ग निर्माण भएको छ । बेनीको हुलाकचोकबाट पदमार्ग बनाउन सुरु गरिएकोमा अहिलेसम्म बेनीतर्फ एकहजार ३ सय ३८ ओटा सिँढी बनाइएको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताउनुभयो ।

पछिल्लो समय पदमार्गको अभावमा जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेपछि पर्यटकहरुलाई नै लक्षित गरेर पदमार्ग निर्माणको कार्यमा जोड दिइएको छ । बेनीबाट सुरु भएर धौलागिरी बेसक्याम्प पुगेर टुङ्गिने यस पदमार्गलाई ‘भर्जिन’ पदमार्गको संज्ञा समेत दिइएको छ ।

गएको केही वर्षयता गाउँ–गाउँसम्म डोजरको प्रयोगमा तीव्र सडक विस्तारको कार्यले पदमार्ग र चौतारा लोप हुँदै गैरहेको अवस्थामा नयाँ पदमार्गले जिल्लामा पर्यटन आगमन बढ्ने अपेक्षा गरिएको निर्माणाधीन रुपमा रहेको पदमार्गले पर्यटकसँगै सदरमुकाम बेनी आउने सर्वसाधारण तथा मर्निङ र इभिनिङ वाक गर्नेलाई सहज भएको छ । यस पदमार्गलाई कहीँ कतै पनि सडकले अवरोध गर्दैन । नयाँ पदमार्गले म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुनुका साथै धार्मिक पर्यटन बढ्ने सम्भावना रहेको छ ।बेनीबजारदेखि धौलागिरी बेसक्याम्प पुग्न पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माणको कामलाई अगाडि सारिएको हो । पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव सुन्दरमान शेरचनले पदमार्ग निर्माणका क्रममा यसअघि कामदारको अभाव, वर्षाको समय पर्नु जस्ता समस्याहरु आइपरे पनि प्राप्त बजेटको काम समयमै सकिएको बताउनुभयो ।बेनीदेखि अर्थुङ्गे आँपरुख मुनिसम्म पदमार्ग पु¥याइएको छ भने टोड्केबाट डडुवातर्फ र प्रसिद्ध मालिका मन्दिरतिर पदमार्ग बनाइएको छ ।धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष समेत रहनुभएका बानियाँले जिल्लामा पर्यटनको उपस्थिति बढाउन पदमार्ग निर्माण र पर्यटनमैत्री वातावरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो चालु वर्ष २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउन थालिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *