कर वृद्धि गरेको भन्दै शिवसताक्षी नगरमा कांग्रेसको ज्ञापन

२२ असोज, झिलझिले । नगरपालिाकाले अत्यधिक कर वृद्धि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार झापाको शिवसताक्षीमा नगर कार्यपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक आन्दोलनकै स्वरुपमा व्यांडाँडास्थित नगरपालिकाको कार्यालयमा पुगेको होे । स्थानीय तहका नेता कार्यकर्ताले कर विरोधी नारा जुलुश गर्दे ज्ञापनपत्र लिएर नगरपालिका पुगेको नेपाली कांग्रेसका सभापति पर्शुराम ढुंगानाले बताए । ‘शिवसताक्षी नगरपालिकाले असुली गरेको कर वैज्ञानिक र व्यावहारिक भएन’, सभापति ढुंगानाले भने, ‘प्रतिपक्षको धारणालाई गुमनाम राखेर लागु गरिएको कर सर्वसाधरणले बाध्य भएर तिरेका छन्् । रुचाएका छैनन् ।’

ज्ञापनपत्र बुझाउनुपूर्व नगरपालिका परिसरमै कोणसभा आयोजना गरिएको थियो । सभामा नेपाली कांग्रेसका नेता चन्द्रमणि नेपाल, भक्तिप्रसाद सिटौला र शिवकुमार योङ्याले नेपालको संविधानले लोकतान्त्रिक संघीय प्रणालीसहितको संघीय, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको भए पनि शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि ५ वर्षमा कसरी कमाउने भन्ने हिसाबबाट अघि बढेको आरोप लगाए ।

यसैबीच, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले शिवसताक्षीमा लागु गरिएको कर अव्यावहारिक पटक्कै नभएको बताए । उनले भने, ‘जिल्लाका ८ नगरपालिकामध्ये शिवसताक्षी नगरमा कर न्यून छ ।’ ‘नगरमा हाइवेले छोएका र खोला खोल्साले छोएको जग्गाको मूल्याकन एउटै छैन’ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *