देशभर चिसो बढ्ने क्रम सुरु

२२ असोज, झापा । बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएस सगै देशभर चिसो बढ्ने क्रम सुरु भएको छ ।

मनसुनी वायु बाहिरिएस स ँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ । आइतबार दिउ ँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

बा ँकी भूभागमा मौसम सामान्यतया सफा रहेको थियो । सोमबार दिउ ँसो मुलुकको पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बा ँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *