‘झापा ख्रिष्टियन सिङगिङ स्टार’को अडिसन दोस्रो चरणमा २७ प्रतियोगी

सिमोन चाम्लीङ राई
२४ असोज, सुरुङ्गा । झापा सिङगिङ स्टार कमिटी र झापा ईसाइ युवा समिती को संयुक्त कार्यमा झापा जिल्ला भरी रहेको जवानहरुको गायन प्रतिभालाई प्रस्पोटन गर्न साथै ईलाका र जिल्लामा क्वायर झुण्ड तयार गर्नको लागी एकल गायन प्रतियोगिता “झापा  खिष्टियन सिङगीङ स्टार” अडिसन राउण्ड सुरु भएको छ ।
झापामा पहिलो पटक खिष्टियन एकल गायन प्रतियोगीता भएको झापा ईसाई युवा समितीका अध्यक्ष पाष्टर धिरज न्यौपानेले बताउनुभयो ।

झापा ख्रिष्टियन सिङगिङ स्टारको अडिसन दोस्रो चरण सम्म आई पुग्दा २७ प्रतियोगीहरु छनोट भएका छन । दमकमा भएको पहिलो अडिसनमा १८ र सुरुङ्गामा भएको दोस्रो अडिसनमा ९ गरि जम्मा २८ प्रतियोगीहरु छनोट भएका छन् ।

होप चर्च दमकमा भएको पहिलो अडिसनमा झापा, मोरङ, सुनसरी, सङख्वासभा बाट गरि जम्मा २८ जनाले आफ्नो प्रस्तुती निर्णायक सामु प्रस्तुत गरेका थिए । तर निर्णायकले ति सबै प्रतियोगीबाट जम्मा १८ जनालाई मात्र दोस्रो राउण्डमा लैजाने निर्णय गरे साथै जम्मा १८ जना प्रतियोगीहरु छनोट भएका थिए ।

तेसै गरि हिजो दोस्रो अडिसन सुरुङ्गा ब्याप्टिष्ट चर्चमा भएको थियो अडिसनमा आफ्नो आफ्नो प्रस्तुती लिएर झापा, मोरङ, ईलाम गरि जम्मा ११ जना प्रतियोगिहरु आएका थिए तेस मध्ये निर्णायकहरुले ९ जनालाई दोस्रो चरणमा लैजाने निर्णय गरेपछि दुई जनालाई छनोट चरणबाट नै फर्काईएको थियो ।

झापा ख्रिष्टियन सिङगिङ स्टारको अडिसनमा निर्णायकको भुमिकामा विश्व राज थुलुङ, फिलिप फिपोन र अमर रहताल थिए । अबको बाकी दुई ओटा अडिसन धुलाबारी र विर्तामोडमा हुनेछ ।

सबै अडिसन पछि छनोट भएको प्रतियोगीहरुलाई दोस्रो चरण गाला राउण्डको लागी कार्तिक ६ गते बुटाबारीमा बोलाईनेछ र पुनः प्रतियोगीले आफ्नो प्रस्तुती निर्णायक सामु पस्कनुपर्ने छ ।

प्रतियोगीतामा पहिलो हुने प्रतियोगीले रु ५०,००० रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने प्रतियोगीले २०,००० र तेस्रो हुनेले १०,००० प्राप्त गर्नेछ  । चौथो र पाचौले क्रमश गिटार र मोवाईल सेट प्राप्त गर्ने कुरा आयोजक समितिले बताएकाछन ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *